बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लक्ष्मी सनराइज बैंकको खराब कर्जा नियामकीय प्रावधानभन्दा माथि, पहिलो त्रैमासमै पुग्यो ५.४४ प्रतिशत

बुधबार, कात्तिक ७ २०८१
लक्ष्मी सनराइज बैंकको खराब कर्जा नियामकीय प्रावधानभन्दा माथि, पहिलो त्रैमासमै पुग्यो ५.४४ प्रतिशत

काठमाडौं- लक्ष्मी सनराइज बैंकको खराब कर्जा नियामकीय प्रावधानभन्दा माथि पुगेको छ। कुनै आर्थिक वर्षमा बैंकको खराब कर्जा बढेर ५ प्रतिशतमाथि पुगेमा बैंकलाई शीघ्र सुधारात्मक कारबाही हुने व्यवस्था रहेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ। गत वर्षको दोस्रो त्रैमासमा ५ प्रतिशतभन्दामाथि खराब कर्जा पुगेपनि बैंकले तेस्रो त्रैमासमा आएर सुधार गरेको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै खराब कर्जा ५.४४ प्रतिशत पुगेकाले लक्ष्मी सनराइज बैंक राष्ट्र बैंक विशेष निगरानीभित्र पर्ने देखिएको छ। 

गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो।

बैंकको खराब कर्जा बढेपनि खुद नाफामा भने उल्लेखीय सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ३० लाख खुद नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा ५३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ।

ब्याज आम्दानी तथा खर्च गत वर्षको तुलनामा घटेपनि बैंकले इम्पियरमेन्ट चार्ज राइट ब्याक गरेकाले बैंकको नाफामा सुधार देखिएको हो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड कायम भएको छ। गतवर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend