बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाल एसबीआई बैंकको खुद नाफा ४१.१८ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

बुधबार, कात्तिक ७ २०८१
नेपाल एसबीआई बैंकको खुद नाफा ४१.१८ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबीआई बैंकको खुद नाफामा ४१.१८ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

गत वर्षको तुलनामा बैंकको ब्याज आम्दानी र खर्चमा कमी आएपनि इम्पियरमेन्ट चार्ज रिभर्सल भएकाले बैंकको खुद नाफा बढेको हो। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ३८ करोड खुद ब्याज आम्दानी गरेकोमा यस वर्षको सोही अवधिमा १ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा  बैंकले इम्पियरमेन्ट चार्ज २९ करोड ६८ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहीमा २७ करोड ७६ लाख रुपैयाँले रिभर्सल गरेको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खराब कर्जामा पनि सुधार गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २.३५ प्रतिशत खराब कर्जा रहेको थियो।

यस आर्थिक वर्षको सोहीमा अवधिका बैंक खराब कर्जा १.८४ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend