बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढ्यो

बुधबार, कात्तिक ७ २०८१
स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढ्यो

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ३ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंको नाफा ४.१७ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी घटेपनि बैंकको इम्पियरमेन्ट चार्ज घटेकाले बैंकको नाफा बढेको हो। 

गत आर्थिक वर्षको लाभांश घोषणा गरिनसकेकाले बैंकको वितरणयोग्य नाफा ३ अर्ब २३ करोड रूयैयाँ कायम भएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्टाण्डर्ड चार्टर्ड बैंकको पनि खराब कर्जामा वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा १.९५ प्रतिशत कायम भएको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा १.१० प्रतिशत रहेको थियो। 

यस अवधिमा बैंकको सीडी अनुपात ७६.५८ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७२.१५ प्रतिशत रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend