बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्राइम कमर्सियल बैंकको पहिलो त्रैमासमा खुद नाफा ११.७४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

बुधबार, कात्तिक ७ २०८१
प्राइम कमर्सियल बैंकको पहिलो त्रैमासमा खुद नाफा ११.७४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफा ११.७४ प्रतिशतले बढेको छ।

चालु वर्षको यस अवधिमा बैंकले खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १५ करोड खुद नाफा गरेको थियो।

गत वर्षको तुलनामा ब्याज आम्दानी र खर्च दुबै घटेपनि बैंकको खुद ब्याज आम्दानी भने यस त्रैमासमा बढेको छ। 

गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ९९ करोड खुद ब्याज आम्दानी गरेकोमा यस वर्षको सोही अवधिमा बैंकले २ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा भने बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.६७ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर यस वर्षको सोही अवधिमा ४.८६ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७३ करोड रहेको छ। 

यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा नगरेकाले वितरणयोग्य नाफा बढी देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ६२ करोड ८५ लाख रुपैयाँ रहेको थियो। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend