बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकको नाफा घट्दा अन्य सूचक कस्तो?

बुधबार, कात्तिक ७ २०८१
सानिमा बैंकको नाफा घट्दा अन्य सूचक कस्तो?

काठमाडौं- सानिमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा खुद नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ। 

पहिलो ३ महिनामा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ७.५२ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.१५ प्रतिशत र सञ्चालन नाफा २०।८० प्रतिशत घटेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ४४ पैसा घटेर ११ रुपैयाँ ७७ पैसा झरेको छ।

असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१४ गुणा रहेको छ।

१३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ५.३७ प्रतिशत बढेको छ। त्यस्तै सो अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend