बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाल बैंक लिमिटेडको नाफा ३२२.९८ प्रतिशतले बढ्यो

बुधबार, कात्तिक ७ २०८१
नेपाल बैंक लिमिटेडको नाफा ३२२.९८ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा खुद नाफा गत आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ। पहिलो ३ महिनामा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेको छ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ०.०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन नाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८० पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ५१ पैसा बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.५३ प्रतिशत बढेको छ। त्यस्तै सो अवधिमा बैंकको निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend