बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

हिमालयन बैंकले ३ महिनामा गर्‍यो ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो?

बुधबार, कात्तिक ७ २०८१
हिमालयन बैंकले ३ महिनामा गर्‍यो ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो?

काठमाडौं- हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा बैंकको खुद नाफा ३१.४२ प्रतिशतले घटेको छ।

बैंकको खराबमा भएको वृद्धिसँगै खुद ब्याज आम्दानी घटेकाले बैंकको नाफामा गिरावट आएको हो।

यस अवधिमा बैंकले ७ अर्ब ५८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर ५ अर्ब १३ करोड ब्याज खर्च गरी २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ९ अर्ब ४३ करोड ब्याज आम्दानी र ६ अर्ब २५ करोड ब्याज खर्च गरी ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराव कर्जा ४.४७ प्रतिशत रहेको थियो। 

खराब कर्जा बढेकाले बैंकको प्रोभिजनिङसमेत बढ्दा बैंकको वितरणयोग्य घाटा बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य घाटा १ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend