आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा बढ्दा खुद नाफा ३.८२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा २ अर्ब ५१ रुपैयाँले ऋणात्मक

images
बुधबार, कात्तिक ७ २०८१
images
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा बढ्दा खुद नाफा ३.८२ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा २ अर्ब ५१ रुपैयाँले ऋणात्मक
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफामा ३.८२ प्रतिशतको गिरावट आएको छ। यस वर्ष बैंकले १ अर्ब ४६ करोड खुद नाफा गरेको छ।

images
images
images

गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। बैंकको खराब कर्जा बढेकाले नाफामा गिरावट आएको हो।

images
images

गत वर्षको पहिलो त्रैमासमा ४.८३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर यो वर्षको पहिलो त्रैमासमा बढेर नियामकीय प्रावधानभन्दा माथि ५.८४ प्रतिशत कायम भएको छ।

images
images

यस अवधिमा बैंकको ब्याज आम्दानी र खर्च दुबैमा गिरावट आएकाले पनि बैंकको खुद नाफा घटेको हो। गत वर्षको पहिलो त्रैमासमा ११ अर्ब ५० करोड ब्याज आम्दानी गरी ७ अर्ब ३४ करोड रुपैयाँ ब्याज खर्च गरी ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

तर यस वर्षको सोही अवधिमा ९ अर्ब ८२ करोड ब्याज आम्दानी गरी ५ अर्ब ८५ करोड ब्याज खर्च गर्दै ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज समेत बढेको छ। गत वर्षको पहिलो ३ महिनामा ६४ अर्ब रुपैयाँ इम्पियरमेन्ट चार्ज रहेकोमा यस वर्षको सोही अवधिमा ९७ करोड ५१ करोड पुगेको छ।

खराब कर्जामा भएको वृद्धिसँगै बैंकको पहिलो त्रैमासमा नै वितरणयोग्य नाफा २ अर्ब ५० करोडले ऋणात्मक भएको छ। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ८५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend