शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रभु बैंकले गर्‍यो १ अर्ब ४ करोड खुद नाफा, अन्य सूचक कस्तो?

images
बुधबार, कात्तिक ७ २०८१
images
प्रभु बैंकले गर्‍यो १ अर्ब ४ करोड खुद नाफा, अन्य सूचक कस्तो?
images
images

काठमाडौं- प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३ करोड खुद नाफा गरेको थियो।

images
images
images

गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी र खर्च घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले बैंकको खुद नाफामा समान्य वृद्धि देखिएको हो। 

images
images

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८ अर्ब २६ करोड खुद ब्याज आम्दानी र ५ अर्ब ७१ करोड ब्याज खर्च गरी २ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको थियो।

images
images

तर यस वर्ष ७ अर्ब ३ करोड ब्याज आम्दानी र ४ अर्ब ४० करोड ब्याज खर्च गरी २ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको छ। यस वर्षको पहिलो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज ७९ करोड ४१ लाखबाट घटेर ३८ करोड ४१ लाखमा आएको छ। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराव कर्जा ३.६७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४.८६ प्रतिशत कायम भएको छ।

खराब कर्जाका लागि प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend