बुधबार, कात्तिक ७ गते २०८१    
images
images

ग्लोबल आइएमई बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य नाफा १ अर्ब ९१ करोड

images
बुधबार, कात्तिक ७ २०८१
images
images
ग्लोबल आइएमई बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य नाफा १ अर्ब ९१ करोड
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड खुद नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिको तुलनामा यस बैंकको नाफा ३१.६१ प्रतिशतले बढेको छ। 

images
images
images

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो।

गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब ७८ करोड रहेकोमा यस वर्षको पहिलो ३ महिनामा १ अर्ब ७ करोड कायम भएको छ। 

images

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्ष ४.३८ प्रतिशत रहेको खराब कर्जा बढेर ४.४७ प्रतिशत पुगेको छ।

images

गत वर्षको बैंकको सञ्चित जेगडासमेत जोड्दा बैंकको वितरणयोग्य नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend