बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आइएमई बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य नाफा १ अर्ब ९१ करोड

बुधबार, कात्तिक ७ २०८१
ग्लोबल आइएमई बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य नाफा १ अर्ब ९१ करोड

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड खुद नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिको तुलनामा यस बैंकको नाफा ३१.६१ प्रतिशतले बढेको छ। 

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले नाफा बढेको हो।

गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज १ अर्ब ७८ करोड रहेकोमा यस वर्षको पहिलो ३ महिनामा १ अर्ब ७ करोड कायम भएको छ। 

गत वर्षको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्ष ४.३८ प्रतिशत रहेको खराब कर्जा बढेर ४.४७ प्रतिशत पुगेको छ।

गत वर्षको बैंकको सञ्चित जेगडासमेत जोड्दा बैंकको वितरणयोग्य नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend