बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सीआरआर अनुपात कायम नगर्ने रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले गरायो जरिवाना

मंगलबार, कात्तिक ६ २०८१
सीआरआर अनुपात कायम नगर्ने रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले गरायो जरिवाना

काठमाडौं- राष्ट्र बैंकले तोकेको अनिवार्य नगद मौज्दात कायम नगर्ने रिलायन्स फाइनान्सलाई ११ हजार २ सय २७ रुपैयाँ जरिवाना गराएको छ। 

रिलायन्स फाइनान्सले गत भदौ २३ गतेदेखि असोज ५ गतेसम्मको अवधिमा नियामकीय व्यवस्थाबमोजिम अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको व्यवस्थाअनुसार वित्त कम्पनीहरुले ४ प्रतिशत अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने हुन्छ। उक्त नगद मौज्दात कायम नगरेमा राष्ट्र बैंकले तयार पारेको सूत्रअनुसार नगद जरिवाना गराउँदै आएको छ। 

सोही कारबाहीमा रिलायन्स फाइनान्स कम्पनी परेको हो। चालु आर्थिक वर्ष पहिलोपटक सीआरआर सीमा उल्लघंन भएकाले नगद जरिवानामा मात्रै गरिएको राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend