मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ प्रतिशतले बढ्यो, ३१ प्रतिशतको रोजाइमा यूएई

images
मंगलबार, कात्तिक ६ २०८१
images
images
वैदेशिक रोजगारीमा जाने युवाको संख्या ५ प्रतिशतले बढ्यो, ३१ प्रतिशतको रोजाइमा यूएई

गत वर्षको सोही अविधिमा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या १ लाख ६२ हजार ६ सय ९४ जना थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या ५ प्रतिशतले बढेको छ।

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउन, भदौ र असोजगरी तीनमा महिनामा वैदेशिक रोजगारी लागि १ लाख ७० हजार ५ सय ९३ युवा विदेशिएका छन्।

विभागका अनुसार यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले बढी हो। गत वर्षको सोही अविधिमा वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या १ लाख ६२ हजार ६ सय ९४ जना थियो।

images

चालु आवको असोजमा ५३ हजार ५ सय २५, भदौमा ५७ हजार ४ सय ९३ र साउनमा ५९ हजार ५ सय ७५ जना युवा रोजगारीका लागि विदेश गएका छन्।

images

यसैगरी गत आवको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४ र असोजमा ५६ हजार २ सय ३५ जना युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका थिए।

विभागका अनुसार मेलेसियाको रोजगारी बन्द हुँदा युवाको रोजाईमा यूएईलगायतका खाडी देश परेको छ। ३ महिनामै वैदेशिक रोजगारीका गएमा मध्ये ३१ प्रतिशत युवा यूएई पुगेका छन्।

३ महिनामा ५३ हजार ८ सय ३३ जना युवा रोजगारीका लागि यूएई गएका छन्। विभागका अनुसार साउनमा १७ हजार ५ सय ४, भदौमा १८ हजार ६ सय ५ र असोजमा १७ हजार ७ सय २४ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend