शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

राजस्व संकलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ६ २०८१
images
राजस्व संकलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए।

images
images

भद्रपुर- आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम आव २०८०/८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो।

images
images
images

कार्यालयको तथ्यांकनुसार गत आव २०८०/८१ को पहिलो त्रैमासिकमा ६३ करोड नौ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए।

images
images

'चालु आवको पहिलो त्रैमासिकमा ८१ करोड ४० लाख ५४ हजार राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व संकलन भयो', उनले भने, 'चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार संकलन हुन सकेन।'

images
images

कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत १५ करोड आठ लाख ९१ हजार रपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताए। 

उनका अनुसार स्थानीय उद्योग वाणिज्य संघहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व संकलनमा असर परिरहेको उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८१११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend