शनिबार, असोज ५ गते २०८१    
images
images

१५ गतेसम्म कलेज पनि बन्द; सपिङ मलमा २५ जनाभन्दा बढी हुन नहुने, बिहे गर्न प्रजिअको स्वीकृति चाहिने

images
आइतबार, माघ २ २०७८
images
images
१५ गतेसम्म कलेज पनि बन्द; सपिङ मलमा २५ जनाभन्दा बढी हुन नहुने, बिहे गर्न प्रजिअको स्वीकृति चाहिने

जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिइ विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने।

images
images

काठमाडौं- सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टरहरू भौतिक रुपमा बन्द गराउनुका साथै सपिङ मल, डिपार्टमेण्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेको छ। 

images
images
images

विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय पनि सरकारले गरेको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय जानकारी दिँदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

तर यसबीचमा पनि विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षा परीक्षा तथा सबै किसिमका प्रयोगात्मक कक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने छन्।

प्रवक्ता कार्कीले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउने र सपिङ मल, डिपार्टमेण्ट स्टोर वा अन्य प्रकारका पसलमा एक पटकमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरिएको बताए।

images

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिइ विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने पनि उनले बताए।

यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल र पटके हाटबजार बन्द गर्ने निर्णय गरेको छ। 

यस्तै सबै प्रकारका आमसभा जुलुस सभा भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म नगर्ने, गोष्ठी सेमिनार बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने भौतिक रूपमा उपस्थित भइ गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पूरा गरी एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जना हुनेगरि सञ्चालन गर्ने साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा खोपको पूरा मात्रा लगाएका व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णयसमेत गरेको छ। 

प्रवक्ता कार्कीले रंगशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कूल क्षमताको एक तिहाइ मात्र रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने र उपस्थित दर्शकहरूमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेण्डम छनोटको आधारमा एन्टीजिन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए। उनले २०७८ माघ ७ गते पश्चात् त्यस्तो खेलकुदका कार्यक्रम खोपको मात्रा पूरा गरेका व्यक्तिहरूलाई मात्र खोप कार्डको आधारमा रंगशालामा प्रवेश गर्न दिने निर्णय भएकोसमेत बताए। 


प्रकाशित : आइतबार, माघ २ २०७८११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend