बुधबार, कात्तिक ७ गते २०८१    
images
images

चालिस रोपनी जग्गामा सयपत्री फूलखेती

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ६ २०८१
images
images
चालिस रोपनी जग्गामा सयपत्री फूलखेती

यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ। उनका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो।

images
images

दमौली- किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन्। तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ। 

images
images
images

म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन्। म्याग्दे गाउँपालिका-६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका हुन्। 

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए। सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ। उनले भने, 'तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलोपटक सयपत्री फूलखेती गरेका हौँ।'

images

यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ। उनका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो। उनले भने, 'तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ। पोखरामा पनि सम्पर्क भइरहेको छ।'

images

शुक्लागण्डकी नगरपालिका-८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएकी छिन्। गत वर्ष कलकत्ते प्रजातिका फूल लगाएकी उनले यस वर्ष टीटी जातको फूलखेती गरिएको जानकारी दिइन्।

उनले गत वर्षको तिहार र एकादशीमा एक लाख बराबरको सयपत्री बिक्री गरेकी थिइन्। दुई वर्षदेखि फूलखेतीमा आबद्ध उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन्। 

'पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ', व्यवसायी मञ्जुले दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेकी छिन्। 

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्। श्रेष्ठले भनिन्, 'हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो। नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।'

गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उनको भनाइ छ। फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उजले सुनाए। 

यस्तै आँबुखैरेनी गाउँपालिका-१ स्थित याञ्चोकमा लघुउद्यम महिला संघले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेको छ। अघिल्लो वर्ष २२ रोपनी क्षेत्रफलमा फूलखेती गरिएकामा स्थानीयस्तरमै फूलको माग बढी भएपछि यसपटक क्षेत्रफल विस्तार गरिएको संघका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए। 

यान्चोक लघुउद्यम महिला संघमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन्। महिलाहरू फूलखेतीमा आकर्षित रहेको बताउँदै उने भने, 'चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छाैँ। पालिकाबाट पनि हामीलाई सहयोग भएको छ।' घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend