बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

एक सय जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना

images
आइतबार, माघ २ २०७८
images
images
एक सय जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार आइतबार कुल परीक्षणको ३२.७८ प्रतिशतमा कोरोना देखिएको छ।

images
images

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो देखिएको छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कुल परीक्षणको ३२.७८ प्रतिशतमा कोरोना देखिएको छ। आइतबार १५ हजार १ सय ३१ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण देखा परेको हो। 

images

आइतबार १२ हजार ५ सय ६२ जनोको पीसीआर परीक्षण भएकोमा ४ हजार ५ सय ३४ जनाको कोरोना संक्रमण देखिएको छ।

images
images

यसैगरी २ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षणमा ४ सय २७ जनाको कोरोना देखिएको छ। शनिबारको तुलनामा आइतबार १ प्रतिशतले कोरोना बढको  हो। आइतबार ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा अब सक्रिय संकमितको संख्या २५ हजार ६  सय ८० पुगेको छ।

images
images

साथै २४ घण्टामा ५४ हजार ३ सय १२ जनाले कोभिडविरूद्धको खोप लगाएका छन्।

images

प्रकाशित : आइतबार, माघ २ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend