शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रोटोनका विद्युतीय कार र जेएमईभी ब्रान्ड जगदम्बा मोटर्सले ल्याउने निश्चित

images
मंगलबार, कात्तिक ६ २०८१
images
images
प्रोटोनका विद्युतीय कार र जेएमईभी ब्रान्ड जगदम्बा मोटर्सले ल्याउने निश्चित

प्रोटोन ब्रान्डले मलेसियामा राइट ह्यान्ड ड्राइभ विद्युतीय कार सार्वजनिक गरेलगत्तै कम्पनीले नेपाली बजारलाई पनि उक्त कार दिनेछ।

images
images

काठमाडौं- शंकर समूह पनि विद्युतीय सवारी आयात तथा बिक्रीमा आक्रामक देखिएको छ। यसअघिसम्म विद्युतीय सवारी बिक्रीमा त्यति धेरै चासो नदेखाएको शंकर समूह अब भने विद्युतीय सवारी आयातमा आक्रामक देखिएको हो। 

images
images
images

हाल नेपालका सबैजसो व्यावसायिक घरानाले विद्युतीय सवारी ल्याएर बिक्री गरिरहेका छन्। सबैजसो घराना विद्युतीय सवारी ब्रान्ड लिन चीन नै पुग्ने गरेका छन्। जगदम्बा मोटर्सले पनि चीनबाट विद्युतीय कार ब्रान्ड ल्याएको हो।

जगदम्बाले यसअघि बिक्री गर्दै आएको मलेसियाली ब्रान्ड प्रोटोनको विद्युतीय कार पनि ल्याउने भएको छ। प्रोटोन कम्पनीको ४९.९ प्रतिशत हिस्सा चिनियाँ अटोमोबाइल समूह झजियाङ जीली होल्डिङ समूहले किनेको थियो। चिनियाँ अटोमोबाइल उत्पादकहरू विद्युतीय सवारी उत्पादनमा आक्रामक भएपछि प्रोटोन पनि विद्युतीय कार उत्पादनतर्फ लम्किएको हो। जीलीले प्रोटोन ब्रान्डमा राइट ह्यान्ड ड्राइभ अप्सनमा विद्युतीय कार सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। 

images

प्रोटोन ब्रान्डले मलेसियामा राइट ह्यान्ड ड्राइभ विद्युतीय कार सार्वजनिक गरेलगत्तै कम्पनीले नेपाली बजारलाई पनि उक्त कार दिनेछ। जगदम्बा मोटर्सले प्रोटोनको विद्युतीय कार ल्याउने आन्तरिक तयारी थालिसकेको छ। कम्पनीले कुन मोडल ल्याउने भन्ने खुलेको छैन। 

images

जगदम्बा मोटर्ससँग हाल प्रोटोन बाहेक दुईपांग्रे सवारी ब्रान्ड टीभीएस रहेको छ। कम्पनीले टीभीएस ब्रान्डका मोटरसाइकल स्कुटर तथा तीन पांग्रे टेम्पो बिक्री गर्दै आएको छ। जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गरेर बिक्री गर्दै आएको छ। 

त्यस्तै कम्पनीले युएईको एडनक ब्रान्डको लुब्रिकेन्ट पनि बिक्री गरिरहेको छ। शंकर समूहको पोर्टफोलियोमा अन्य अटोमोबाइल ब्रान्ड भने छैन। सोही कारण अब विभिन्न विद्युतीय ब्रान्ड भित्र्याउन समूहअन्तर्गतको जगदम्बा मोटर्स लागि परेको हो। 

प्रोटोन ब्रान्ड

प्रोटोन ब्रान्ड मलेसियन सवारी उत्पादक कम्पनी हो। १९८० को दशकको सुरुवातमा स्थापना भएको यो ब्रान्ड मलेसिया सरकारले नै लगानी गरेको थियो। 

२०१७ मा प्रोटोन ब्रान्डको सेयर चिनियाँ सवारी जायन्ट झजियाङ जीली होल्डिङ समूह र बीआरबी-हिकमले खरिद गरेको थियो। यी समूहले प्रोटोन ब्रान्डको ४९.९ प्रतिशत सेयर खरिद गरेको थियो। 

प्रोटोन ब्रान्डका आईसीई (इन्टरनल कम्बस्चन इन्जिन) सवारी केही वर्षअघि नै नेपाली बजारमा भित्रिएको थियो। २०७५ सालमा प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स नियुक्त भएको थियो। त्यसअघि पनि अर्को समूहले ल्याएर प्रोटोनका कार नेपाली बजारमा बिक्री गर्दै आएको थियो। 

जेएमईभी 

जेमएईभी हङकङ जियाङलिङ ग्रुप न्यु इनर्जी भेहिकल कम्पनी लिमिटेड संयुक्त उपक्रममा स्थापना भएको कम्पनी हो। यो कम्पनी २०१५ मा स्थापना भएको थियो। स्थापना भएयता यो स्टार्टअप कम्पनीले १ लाख वटामात्र न्यु इनर्जी भेहिकल उत्पादन गरेर बिक्री गरेको दाबी गरेको छ। 

यो संयुक्त उपक्रममा फ्रान्सेली सवारी उत्पादक रेनो एसएएसको ५० प्रतिशत, जेएमसीजीको ३७ प्रतिशत र क्वुन चुङ होल्डिङसको १३ प्रतिशत हिस्सेदारी रहेको छ। यो संयुक्त उपक्रम २०१९ जुलाईमा बनेको थियो। कम्पनीले २०१६ मा पहिलो पटक कार उत्पादनमा ल्याएको थियो। 

हाल जेएमईभीका जेएमईभी ईभीथ्री, ईभीटू, जेएमईभी ई४०० र जेएमईभी र्वाआई मोडलगरी ४ वटा कार उत्पादन गरिरहेको छ। जगदम्बा मोटर्सले कुन मोडल ल्याउँछ भन्ने खुलाएको छैन। तर सुरुमा जेएमईभी ईभीटू र ईभीथ्री ल्याउने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend