शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
images
वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले ३९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

images
images
images

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले ३९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।

images
images

यद्यपि कार्यालयले चालु आवको असोजसम्म ५२ अर्ब ९९ करोड ६३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। 

images
images

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend