शनिबार, असोज ५ गते २०८१    
images
images

अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

images
आइतबार, माघ २ २०७८
images
images
अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुँडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ। महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो। 

images
images
images

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खडकालाई सो सामग्री हस्तान्तरण गरेका हुन्। मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुँडा लगायत बन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो। 

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो। 

नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ। मुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ।  

images


प्रकाशित : आइतबार, माघ २ २०७८१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend