काठमाडौं- शिखर इन्सोरेन्सको कात्तिक १ गते बसको सञ्चालक समितिको बैठकले दीपप्रकाश पाण्डेलाई पुन: सीईओमा नियुक्त गरेको छ।
कम्पनीको ३ सय ४० औँ बैठकले पाण्डेलाई पुन: सीईओ नियुक्त गरेको हो। यसअघि पाण्डे २०७७ सालको कात्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए।
विगत २० वर्षदेखि कम्पनीको सीईओ रहेका पाण्डेलाई कम्पनीले फेरि ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो।
शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए।