बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रदको अनुमति

आइतबार, कात्तिक ४ २०८१
बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रदको अनुमति

काठमाडौं- बलेफी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। धितोपत्र बोर्डले १ करोड ८२ लाख ७९ लाख ७० हजार कित्ता सेयर जारी गर्न अनुमति दिएको हो। 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ। सोही पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीको इसु म्यानेजर एनआइएमबि एस क्यापिटल रहेको छ। 

अनुमति पाएसँगै सेयरधनीले १ कित्ता सेयर बरारबर १ कित्ता सेयर एक सय रुपैयाँमा पाउने छन्। कम्पनीले केही दिनमै बुक क्लोजको मिति घोषणा गर्ने छ।

बुकक्लोजको समयसम्म सेयर खरिद गर्ने लगानीकर्ताले शतप्रतिशत हकप्रदमा आवेदन दिन पाउने छन्। 

 


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend