काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा साताको पहिलो दिन एकाएक सर्किट लागेको छ। सेयर लगानीकर्ताहरू बैंकको सेयर किन्न झुम्मिएका छन्।
बैंकको सेयर मूल्य आइतबार प्रतिकित्ता ५० रुपैयाँले बढेर ५५० रुपैयाँमा कारोबार भएको छ। १० प्रतिशतले बढेको सेयरमा ४४ हजार ५ सय ५० कित्ता कारोबार भएको थियो। कुनै समयमा ७ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य पछिल्लो समय बढ्न सकेको छैन।
बैंकले मंसिरको २८ गते साधारणसभा गरिसकेको छ। १३.०६ प्रतिश लाभांश पारित गर्नका लागि साभारणसभाबाट पारित भएर सेयरधनीको खातामा आइसकेको छ।। सेयरधनीले चुक्ता पुँजीको ३.०६ प्रतिशत नगद लाभांशका साथै १० प्रतिशत बोनस सेयर पाएका छन्।