शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दुई महिनामा वाणिज्य बैंकहरूले कमाए १७ अर्ब ६९ करोड खुद नाफा, नबिल पहिलो हुँदा माछापुच्छ्रे अन्तिम

images
आइतबार, कात्तिक ४ २०८१
images
images
दुई महिनामा वाणिज्य बैंकहरूले कमाए १७ अर्ब ६९ करोड खुद नाफा, नबिल पहिलो हुँदा माछापुच्छ्रे अन्तिम

साउनमा पहिलो स्थानमा रहेको ग्लोबल आईएमई बैंकलाई उछिन्दै नाफा गर्ने सूचीको पहिलो नम्बरमा नबिल पुगेको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

images
images
images

चालु आर्थिक वर्षको पहिलो साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड खुद नाफा गरेकोमा भदौमा ८ अर्ब ५२ करोडले खुद नाफा गर्न सफल भएका छन्। 

images
images

चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै खुद नाफा नबि बैंकले गरेको छ। यस अवधिमा नबिल बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको हो। साउनमा पहिलो स्थानमा रहेको ग्लोबल आईएमई बैंकलाई उछिन्दै नाफा गर्ने सूचीको पहिलो नम्बरमा नबिल पुगेको हो। 

images
images
images

अहिले दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले भदौमा १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौमा १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

१ अर्ब  १६ करोड खुद नाफा गर्दै हिमालयन बैंक तेस्रो र १ अर्ब ८ करोड खुद नाफा गर्दै कुमारी बैंक पाँचौँ नम्बरमा छन्। 

यस्तै यस अवधिमा प्राइम कर्सियल बैंकले ९७ करोड ४७ लाख रुपैयाँ, प्रभु बैंकले ९१ करोड ३२ लाख रुपैयाँ, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ, एनएमबि बैंकले ७८ करोड रुपैयाँ, सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले ६७ करोड ८२ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले ६० करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

साथै सिद्धार्थ बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५७ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

३९ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको माछापुच्छ्रे बैंक अन्तिम स्थानमा रहेको छ।


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend