शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

मनाङ याकखर्कमा राति सकुशल सुतेका एक विदेशी पर्यटक बिहान मृत भेटिए, लेक लागेर मृत्यु भएको आशंका

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
मनाङ याकखर्कमा राति सकुशल सुतेका एक विदेशी पर्यटक बिहान मृत भेटिए, लेक लागेर मृत्यु भएको आशंका

ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

मनाङ- मनाङको ङिस्याङ गाउँपालिकामा राति सकुशल सुतेका एक विदेशी पर्यटक बिहान मृत भेटिएका छन्। उनको लेक लागेर मृत्यु भएको आशंका गरिएको छ।

images
images
images

ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

images
images

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्वीट्जरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए। राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। 

images
images

'लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो', प्रहरी निरीक्षक केसीले भने, 'सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।'

प्रहरीका अनुसार उक्त स्थानबाट १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए। रासस  


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend