शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ब्याज र किस्ताको दबाब सकिएसँगै सेयर बजार नयाँ बुलतर्फ, विश्लेषक भन्छन्- वाणिज्य बैंकहरू उच्च अंकमा जान सक्छन्

images
आइतबार, माघ २ २०७८
images
ब्याज र किस्ताको दबाब सकिएसँगै सेयर बजार नयाँ बुलतर्फ, विश्लेषक भन्छन्- वाणिज्य बैंकहरू उच्च अंकमा जान सक्छन्
images
images

काठमाडौं- पुस मसान्तको दबाब सकिएसँगै सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका छन्। माघमा कारोबारको पहिलो दिन नै सेयर बजारमा उत्साह छाएको छ।

images
images
images

अधिकांश कम्पनीले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसकेका छन्। लाभांश पारित र बुक क्लोजबाट कम्पनीका सेयर मूल्य समायोजन भएकाले पनि सेयर लगानीकर्ताका लागि माघ महिना विशेष हुने गरेको छ। बैंकहरूमा देखिएको तरलता संकटमा समेत केही सुधार हुँदैछ। जसका कारण पनि सेयर लगानीकर्ताहरू सेयर खरिदमा झुम्मिएका छन्। 

images
images

आइतबार ६९.०० अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ। आइतबार ९ अर्ब ६७ करोड ६३ लाख रूपैयाँको कारोबार भएको छ। जसमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्यमा परिवर्तन भएन।

images
images

पछिल्ला केही सातादेखि सेयर बजार लगातार बढिरहेकोले पनि बजार नयाँ उचाइतर्फ लागेको बिश्लेषक विष्णु बस्याल बताउँछन्। ‘केही दिन करेक्सन आउन सक्छ तर अब बजार घट्दैन,’ बस्यालले भने।

विगतमा बुलहरूमा जस्तै अब नयाँ बुलको सुरुवात हुन लागेको समेत बस्यालको तर्क छ। नयाँ बुलमा वाणिज्य बैंकहरूको सेयर पनि उच्च अंकमा जान सक्नेसमेत उनको भनाइ छ। गएको दुई सातामा सेयर बजार ३३३ अंकले बढेको थियो। जसलाई यो साता कारोबारको पहिलो दिन आइतबारको बजारले पनि साथ दिएको छ। 

गएको साता आइतबारदेखि बिहीबारसम्म नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको थियो। त्यसअघिको साता १६७.९७ अंकले बढेको बजार दुई सातामा गरेर ३३३.२५ अंकले बढेको थियो। पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ। त्यसअघि केही समय बजारमा उतारचढाव देखिएको थियो। 

बिश्लेषकहरूले बजार ३२०० भन्दा माथि बताइरहँदा बजार लगातार बढिरहेको छ। बैंकमा तरलता संकट हट्न थालेसँगै सेयर बजारमा पनि उकालो यात्रा लागेको हो। विश्लेषकहरूले नयाँ बुल सुरु भएको संकेतसमेत गरेका छन्। बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता नै सेयर बजार लगातार उकालो लाग्न थालेको थियो। बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको छ।


प्रकाशित : आइतबार, माघ २ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend