मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

तिहार र छठ नजिकिएसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
images
तिहार र छठ नजिकिएसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ

कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ।

images
images

सुनसरी- इनरुवा नगरपालिका-२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन्। उनी दिनभर भाँडा बनाउने काममा व्यस्त हुन्छन्। तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन्।  
 
पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने रहेको छ। सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन्।

images
images

स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ। 

images
images

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरूले माटोको जाहो गर्ने गरेका छन्। एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताए। 
 
'नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर १० हजारदेखि २० हजार रुपैयाँसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ', उनले भने।

images
images
images

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ।

चाडपर्वका बेलामा एउटा परिवारले एक लाखदेखि पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन्। चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताए।

आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताए। कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ४ २०८१११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend