बुधबार, कात्तिक ७ गते २०८१    
images
images

राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
images
राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गर्‍यो। दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३  करोड ९८ लाख राजस्व संकलन गरेको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ। उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

images
images
images

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए।

'साउनयता मासिक लक्ष्यअनुसार राजस्व संकलनमा केही वृद्धि भइरहेको छ', उनले भने। गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब रु तीन करोड बढी राजस्व संकलन भएको छ।

images

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व संकलन गरेको थियो।

images

कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गर्‍यो। दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३  करोड ९८ लाख राजस्व संकलन गरेको छ। चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख राजस्व संकलन गरेको थियो।

गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो। यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु १४ अर्ब २७ करोड ४४ लाख राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend