बिहीबार , मंसिर २७ गते २०८१    
images
images

सिर्सिया सुक्खा बन्दरगाहमा ३ महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक ३ २०८१
images
images
सिर्सिया सुक्खा बन्दरगाहमा ३ महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन

चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गर्‍यो।

images
images

पर्सा- वीरगञ्जको सिर्सिया स्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व संकलन गरेको हो। 

images
images
images

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए।

images

'गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ', उनले भने, 'चालु आवको दसैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन। जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन।' 

images

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गर्‍यो।

त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गर्‍यो। 

त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व संकलन गर्‍यो। 

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : शनिबार, कात्तिक ३ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend