शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंकको रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिले खुल्छ?

images
आइतबार, माघ २ २०७८
images
हिमालयन र इन्भेष्टमेन्ट बैंकको रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिले खुल्छ?
images
images

काठमाडौं- यतिबेला मर्जका कारण दश महिनादेखि कारोबार रोक्का भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताको चासो सेयर कारोबार खुल्नेमा छ। दुवैले दश महिनाअगाडि मर्जरमा जाने प्रारम्भिक सम्भौता गरे पनि हिमालयन बैंकको पुस ३० गतेको साधारणसभाबाट मर्जर भाँडिएको छ। 

images
images
images

भाँडिएसँगै दुवै बैंकका लाखौँ सेयरधनी कारोबार खुल्ने समयको पखाईमा छन्। तर कारोबार खुल्ने तत्कालै सम्भावना कम छ। दुई बैंकले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर मर्ज भाँडिएको जनाउ दिनुपर्ने हुन्छ। भाँडिएको जानकारी दिएपछि राष्ट्र बैंकले स्वीकृत दिएर व्यहोरा नेप्सेलाई पठाएपछि बल्ल दोस्रो बजारमा कारोबार खुल्ने छ। 

images
images

राष्ट्र बैंकले कारबाही प्रक्रिया अगाडि बढाएमा लाभांश नपाउनेदेखि कारोबार नखुल्नेसम्म हुन सक्दछ। सोही कारण पनि तत्कालै कारोबार फुकुवा हुने सम्भावना न्यून छ। नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि भन्दै माघ ३ गते सोमबार बिशेष साधारणसभा बोलाएको छ। तर बिशेष साधारणसभा हुने नहुने टुंगो अझै लागेको छैन। 

images
images

बैशाखदेखि दुई बैंकका २८ करोड कित्ता सेयर कारोबार रोकिएको थियो। जसका लाखौँ लगानीकर्ताले १० महिनादेखि कारोबार गर्न पाएका छैनन्। कारोबार रोकिँदा दोस्रो बजारमा हिमालयन नेपाल इन्भेष्टमेन्ट बैंक मूल्य प्रति कित्ता ४६० थियो भने  हिमालयन बैंक ४८४ रुपैयाँ थियो।

हिमालयन बैंकको शुक्रबार भएको साधारणसभामा मर्जरमा जाने प्रस्ताव पास हुन सकेन। जसका कारण १० महिनादेखि मर्जमा संयुक्त कारोबार कुरेर बसेका लगानीकर्ता शुक्रबार मर्जर भाँडिएसँगै निराश भएका छन्। मर्जर भाँडिदा नेपाल राष्ट्र बैंकले कारबाहीसमेत गर्ने गरेको छ। 

जसमा अब हिमालयन बैंकले सेयरधनीलाई लाभांशसमेत वितरण गर्न पाउने छैन। अब दुई बैंकले मर्जको लागि अर्को पार्टनर खोज्नुपर्ने छ। मर्ज नभएसम्म राष्ट्र बैंकले सेयर कारोबारमा रोक लगाउने छ। सोहीकारण हिमालयन र इन्भेष्टमेन्ट बैंकले अरु कुनै साना बैंकहरुसँग मर्जमा जानै पर्ने बाध्यतासमेत पर्ने भएको छ।

मर्जको लागि भनेर रोक्का भएर बस्दा सेयर कारोबार गर्न नपाएका लगानीकर्तालाई नेपालमा क्षतिपूर्तिको कानून नै छैन। नेपालमा मर्जको हल्ला चलाएर सेयर बजारमा सोझा लगानीकर्ता डुबाउने खेल हुने भन्दै नेपाल धितोपत्र बोर्डले दुई बैंकको मर्जको प्रारम्भिक सम्झौता हुने वित्तिकै सेयर कारोबार रोक्ने नियम बनाएको छ।

जसका कारण दुई बैंकका लगानीकर्ता १० महिनादेखि चपेटामा छन‍्। बाह्य अभ्यासलाई हेर्ने हो भने खासगरी मर्जरमा अन्तिम सम्झौता भएपछि एक दिन मात्रै सेयर कारोबार रोक्ने नियम छ। 


प्रकाशित : आइतबार, माघ २ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend