बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

शोरुम आइपुग्यो टाटाको प्रिमियम एसयूभी ‘सफारी डार्क’

images
शुक्रबार, कात्तिक २ २०८१
images
images
शोरुम आइपुग्यो टाटाको प्रिमियम एसयूभी ‘सफारी डार्क’

सफारी डार्कमा २.० लिटरको डिजेल इन्जिन छ। ६ स्पीडको म्यानुअल तथा अटोमेटिक टर्क कन्भर्टर युनिट रहेको छ। यो प्रिमियम एसयूभीले १ सय ६८ बीपीएस र ३ सय ५० एनमए टर्क जेनेरेट गर्छ।

images
images

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको प्रिमियम एसयूभी सफारीको डार्क एडिसन काठमाडौं आइपुगेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ सफारीको डार्क एडिसन ल्याएको हो। 

images
images

यो प्रिमियम एसयूभी केही दिनमा सार्वजनिक गर्ने र लगत्तै बुकिङ खुला गर्ने तयारी गरेको छ। सफारी डार्क रेगुलर सफारीभन्दा केही फरक देखिन्छ। यो प्रिमियम एसयूभीको साइडमा डार्क लेखिएको व्याच छ। 

images
images

टाटा मोटर्सले चलेका मोडलहरुको डार्क एडिसन पनि उत्पादन गर्दै आएको छ। नेक्सन आईसीई र नेक्सन ईभीको पनि डार्क एडिसन उपलब्ध छ। नेक्सन ईभीको डार्क एडिसन नेपाली बजारमा पनि बिक्री भएको थियो।

images
images

सफारी डार्कको इन्टेरियर ओब्रन ब्ल्याक र पियानो ब्ल्याक रंगमा छ। यो प्रिमियम एसयूभी ठूलो टचस्क्रिनसहित वायरलेस स्मार्टफोन कनेक्टिभिटी, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डुअल जोन क्लाइमेट कन्ट्रो, ७ एयर ब्याग, जेबीएलको १० वटा स्पिकरलगायत विशेषता छन्।

safari tata (2).jpg

सफारी डार्कमा २.० लिटरको डिजेल इन्जिन छ। ६ स्पीडको म्यानुअल तथा अटोमेटिक टर्क कन्भर्टर युनिट रहेको छ। यो प्रिमियम एसयूभीले १ सय ६८ बीपीएस र ३ सय ५० एनमए टर्क जेनेरेट गर्छ। 

यो प्रिमियम एसयूभीको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन। रेगुलर सफारीको मूल्य भने ९२ लाख ४९ हजार रुपैयाँदेखि १ करोड ८ लाख रुपैयाँसम्म तोकिएको छ। सफारी डार्क एडिसनको मूल्य सवा करोड रुपैयाँभन्दा कम पर्ने अनुमान गरिएको छ। 

safari tata (3).jpg
safari tata (4).jpg
safari tata (5).jpg


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend