शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

गोर्खा मिडियामा सहकारीको करोडौँ अपचलन गरेको भन्दै पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

ठगी तथा संगठित अपराधमा अनुसन्धान हुँदै

images
शुक्रबार, कात्तिक २ २०८१
images
images
गोर्खा मिडियामा सहकारीको करोडौँ अपचलन गरेको भन्दै पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा राईले सहकारीको रकम लगेको र उक्त रकम लामिछानेसहितको संलग्नतामा अपचलन भएको विशेष छानबिन समितिकोसमेत निष्कर्ष रहेको छ।

images
images

काठमाडौं- सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा संलग्नता रहेको भन्दै प्रहरीले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन्।

images
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध शुक्रबार दिउँसो नै ठगी तथा संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको थियो।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताएका छन्। उनले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएकोसमेत बताए।

images

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

images

संसदीय विशेष छानबिन समितिले समेत लामिछानेको संलग्नता पुष्टि हुनेगरी प्रतिवेदन तयार पारेसँगै सरकारले कारबाही पक्रिया अघि बढाउने निर्णय गरेको थियो। समितिले सूर्यदर्शनसहितका पाँचवटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको थियो। जसमा लामिछानेसमेत संलग्न रहेका थिए।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा राईले सहकारीको रकम लगेको र उक्त रकम लामिछानेसहितको संलग्नतामा अपचलन भएको विशेष छानबिन समितिकोसमेत निष्कर्ष रहेको छ।

rss samarthak.jpg
रवि लामिछानेलाई पक्राउ गर्न शुक्रबार पार्टी कार्यलय वनस्थलीमा प्रहरी पुगेपछि पार्टी कार्यलयमा जम्मा भएका रास्वपाका नेता कार्यकर्ता।

गोर्खा मिडियामा राई र लामिछानेसहित छविराज जोशी पनि सञ्चालकको भूमिकामा रहेका थिए। लामिछाने गोर्खा मिडियामा रहेको अवधिभर धेरैजसो चेकमा लामिछानेले नै हस्ताक्षर गरेको पाइएको थियो।

समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई प्रलचित कानूनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो। समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानूनविपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको थियो।

यसअघि गएको असोज ६ गते नै गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो। जीबी भने फरार रहेका छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend