बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

राष्ट्र बैंकले खारेज गर्‍यो सेवा रेमिटको इजाजतपत्र

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
राष्ट्र बैंकले खारेज गर्‍यो सेवा रेमिटको इजाजतपत्र
काठमाडौं- नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो।
 
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ।
 
बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ। सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ।


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend