मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
images
images
बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

अत्यधिक श्रम र लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न चाहँदैनन्।

images
images

महोत्तरी- बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको  चिन्तित भएका छन्। 

images
images
images

बिजुलीको झिलीमिलीमा रमाउने आधुनिक समाजले माटोका दिया, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाका कुम्हाले चिन्तित भएका हुन्। 

images
images

दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका कुम्हालहरू समाजले झिलीमिली बत्ती, प्लाष्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन, पालालगायत सामग्रीको बिक्रीमा  कमी आएकोे जलेश्वर नगरपालिका-१ का कुम्हाल मङ्गल पण्डितले बताए।  

images
images
images

दिपावली, छठपर्वलगायत अन्य पूजापाठमा अति आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया, भन्दै सबैले प्रयोग गर्ने बेला आफूहरूलाई ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको उनले दु:खेसो गरे।

सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया र कुरबारलगायत सामग्री बेच्ने गरेकामा अहिले नगण्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका-४ कुम्हाल वीरेन्द्र पण्डितले बताए। 

पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराईमा मात्र नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभङ्गा, सीतामढी र पटनासम्म निर्यात हुने गरेकामा अहिले स्थानीय बजारमा माग ह्वात्त घटेपछि आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका-११ का कुम्भकार सुरज पण्डितले बताए।

अत्यधिक श्रम र लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा-६ का कुम्भकार नन्दु पण्डित बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend