काठमाडौं- नेप्से परिसूचक ३००० अंकमा पुग्ने बाटोमा गएको छ। सातामा कारोबारको पहिलो दिन आइतबार नै कारोबार सुरु भएको डेढ घन्टामै ७२.२४ अंकले बढेको छ।
आइतबार १२ः३० बजेसम्म २९२९.९९ अंक मा कारोबार भएको छ। भने १८३ कम्पनीको सेयर बढेको छ।
पछिल्लो दुई सातादेखि लगातार सेयर बजार बढीरहेको छ। गएको दुई सातामा ३३३ अंकले बढेको सेयर बजार आइतबार पनि कारोबार सुरु भएदेखि लगातार बढीरहेको छ।