बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

निफ्राले ५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
निफ्राले ५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ।  

निफ्राले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत’ नामको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसको लागि निफ्राले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।  

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम ऋणपत्र निष्कासन गर्न लागेको हो। 

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने समेत जनाएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend