शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

जगदम्बा मोटर्सले ल्यायो सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप

images
आइतबार, कात्तिक ४ २०८१
images
images
जगदम्बा मोटर्सले ल्यायो सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप

सेन्ट्रो इलेक्ट्रिक ग्रुप लिमिटेडको स्वामित्वमा सेन्ट्रो ब्रान्ड रहेको छ। यो ग्रुपको केन्द्रीय कार्यालय भने अमेरिकामा रहेको छ। यो कम्पनी २०१३ मा स्थापना भएको विद्युतीय स्टार्टअप कम्पनी हो।

images
images

काठमाडौं- शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स पनि चिनियाँ विद्युतीय सवारी ब्रान्ड आयातमा आक्रामक देखिएको छ। कम्पनी हालै चीनको विद्युतीय ब्रान्ड 'सेन्ट्रो'को आधिकारिक बिक्रेता नियुक्त भएको छ। 

images
images
images

आधिकारिक बिक्रेता नियुक्त भएसँगै जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय पिकअप नेपाल भित्र्याएको हो। कम्पनीले पहिलो लटमा परीक्षण प्रयोजनका लागि एउटा सेन्ट्रो ब्रान्डको एलएस २१० मोडल ल्याएको छ।

नेपाली बजारमा विद्युतीय सवारीको माग तथा प्रयोग बढ्दै गएकाले विद्युतीय सवारी आयातमा व्यावसायिक घराना लागिपरेका छन्। त्यस्तै अन्य व्यावसायिक समूहहरू पनि विद्युतीय सवारी आयातमा लागिपरेका छन्। सबैजसो व्यवसायीहरू विद्युतीय सवारी ब्रान्ड खोज्दै चीन धाइरहेका छन्। 

images

प्यासेन्जर कारमात्र होइन कमर्सियल भ्यान तथा मोइक्रोबसदेखि साना मालबाहक पिकअपसम्मको आयात भइरहेका छन्। जगदम्बा मोटर्सले सेन्ट्रो ब्रान्डको विद्युतीय मालबाहक पिकअप आयात गरेको छ। यो ब्रान्डले पिकअपसँगै विद्युतीय भ्यानसमेत उत्पादन गर्दै आएको छ। 

images

सेन्ट्रो इलेक्ट्रिक ग्रुप लिमिटेडको स्वामित्वमा सेन्ट्रो ब्रान्ड रहेको छ। यो ग्रुपको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ। यो कम्पनी सन् २०१३ मा स्थापना भएको विद्युतीय स्टार्टअप कम्पनी हो। 

कम्पनीले विद्युतीय कमर्सियल सवारीका लागि सेन्ट्रो आईच्यासिसको विकास गरेको जनाएको छ। कम्पनीले हालसम्म ३ हजार ६ सय वटाभन्दा बढी विद्युतीय सवारी डेलिभरी गरिसकेको उल्लेख गरेको छ। ईभीमा २ सय १७ वटा पेटेन्ट दर्ता गराएको १६ देशमा आफ्नो उत्पादन पठाइसकेको छ। सेन्ट्रो कम्पनीले हालसम्म ६ वटा एसेम्बल प्लान्ट सञ्चालनमा लाइसकेको दाबी गरेको छ। 

एलएस २१०

यो कार्गो फ्ल्याटवेड ट्रक हो। यो पिकअप ट्रकमा ४१.८५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसले एक पटकको फल चार्जमा २ सय ५५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। यो विद्युतीय पिकअप डीसी फास्ट चार्जरबाट १ घण्टा ३० मिनेटमा फुल चार्ज हुने दाबी गरिएको छ। 

१ सय ९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो पिकअपमा ६० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। १ सय किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको यो पिकअपको लोड क्षमता १ देखि २ टन रहेको छ। 

जगदम्बा मोटर्सले ल्याएको सेन्ट्रो एलएस२१० को सीआईएफ भ्यालु १६ हजार ३ सय १७.२६ अमेरिकी डलर रहेको छ।


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend