शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

ब्याजदर र मूल्य घट्दा पनि असोजमा घरजग्गाको कारोबार झनै घट्याे

images
बिहीबार , कात्तिक १ २०८१
images
images
ब्याजदर र मूल्य घट्दा पनि असोजमा घरजग्गाको कारोबार झनै घट्याे

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा ३२ हजार ५ सय ४३ लिखत पास भएको छ। गतवर्षको असोजमा ३९ हजार ८ सय ८१ लिखत पास भएको थियो।

images
images

काठमाडौं- गएको असोजमा घरजग्गा कारोबार झनै ओरालोतिर लागेको छ। देशैभर जग्गा सस्तो भएपनि कारोबार बढ्न नसकेको हो।  गत साउनमा पनि बढ्न नसकेको कारोबार भदौमा पनि ओरालो लागेको थियो।

images
images
images

नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिँदा पनि घरजग्गा कारोबार भने सुस्त देखिएको छ। काठमाडौं उपत्यकासहित चितवन, बुटवल, विराटनगर, नेपालगञ्जलगायत क्षेत्रमा विगतको वर्षको तुलनामा घरजग्गाको मूल्य सस्तो भएको छ तर कारोबार भने हुन सकेको छैन। 

पछिल्लो तीन वर्षदेखि नै बढ्न नसकेको घरजग्गा कारोबार चालुवर्षको सुरुदेखि नै बढ्ने अनुमान गरिएको थियो। तर त्यसअनुरुप कारोबार अघि बढ्न सकेको छैन। हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ रहेको छ। बैंकहरुमा निक्षेप थुप्रिएर ब्याजदर सस्तो हुँदा पनि कर्जा जान सकेको छैन। 

images

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा ३२ हजार ५ सय ४३ लिखत पास भएको छ। गतवर्षको असोजमा ३९ हजार ८ सय ८१ लिखत पास भएको थियो।

images

चालु वर्षको भदौमा पनि देशभर कुल ३२ हजार ७ सय ९८ लिखत पारित भएको थियो। असोजमा राजश्व संकलन भदौमा भन्दा पनि कम भएको छ। असोजमा २ अर्ब ६८ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको हो। गतवर्षको असोजमा ३ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन भएको थियो। गतवर्षको तुलनमा १ अर्ब राजश्व संकलनमा कमी आएको छ। 

चालु वर्षको भदौमा भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको भदौमा ३ अर्ब ४ करोड राजश्व उठेको थियो।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा ४३ हजार ८ सय ३५ घरजग्गा कारोबार भएको थियो। घरजग्गा कारोबारबाट साउनमा ३ अर्ब ८३ करोड ५० लाख राजश्व संकलन भएको थियो। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend