मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

नेपालले अफगानिस्तान पठायो मानवीय सहायता सामग्री 

images
आइतबार, माघ २ २०७८
images
images
नेपालले अफगानिस्तान पठायो मानवीय सहायता सामग्री 
मानवीय सहायता सामग्री लिएर नेपाली टोली आइतबार बिहान काबुल प्रस्थान गर्नुअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री डा नारायण खड्का। तस्बिर : रासस

हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली गएको हो। 

images
images

काठमाडौं- नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाएको छ।

images
images

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो।

images
images

अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानविय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ।

images
images
images

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो। टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिकासमेतको सहभागिता रहेको छ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली गएको हो। 

सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने छ।  


प्रकाशित : आइतबार, माघ २ २०७८०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend