बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेप्सेमा अपि पावरको मूल्य समायोजन, आजसम्मका सेयरधनीले बोनस सेयर पाउने

बिहीबार , कात्तिक १ २०८१
नेप्सेमा अपि पावरको मूल्य समायोजन, आजसम्मका सेयरधनीले बोनस सेयर पाउने

काठमाडौं- बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजना भएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेले कम्पनीको ५ प्रतिशत प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य २९६.१९ रुपैयाँ कायम भएको छ। नेप्सेले बिहीवा कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ मा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको सेयर आगामी आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend