बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उतारचढावबीच हरियोमै बन्द भयो नेप्से, ७ अर्ब १९ करोडको कारोबार

कात्तिक महिनामा भेटिएला कीर्तिमानी नयाँ बिन्दु?

बिहीबार , कात्तिक १ २०८१
उतारचढावबीच हरियोमै बन्द भयो नेप्से, ७ अर्ब १९ करोडको कारोबार

काठमाडौं- असोज महिनामा सुधारतर्फ देखिएको सेयर बजार कात्तिक महिनाको पहिलो कारोबारमा पनि सामान्य सुधार नै देखिएको छ। भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजारमा असोज महिनामा १६२.१२ अंकको सुधार देखिएको थियो।

कात्तिकको पहिलो कारोबारमा बिहीबार व्यापक उतारचढावबीच बजार २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ। ८९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब १९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

दसैँ बिदापछि यो साताको पहिलो कारोबारमा मंगलबार बजार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको थियो। यो साता दोस्रो कारोबारमा बुधबार ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको थियो।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो। 

कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।   

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्।

सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा कुनै दिन बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend