बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

चाडपर्वको रौनकले छोएन अर्थतन्त्रलाई, राजस्व संकलनमा छैन उत्साह

बिहीबार , कात्तिक १ २०८१
चाडपर्वको रौनकले छोएन अर्थतन्त्रलाई, राजस्व संकलनमा छैन उत्साह

त्यस्तै कुल आम्दानीमा पनि उल्लेख्य प्रगति देखिएको छैन।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलनको वृद्धिदर सामान्य देखिएको छ। शिथिल अर्थतन्त्रको आधारमा रहेर उच्च वृद्धिदर पछ्याए पनि वास्तविकतामा भने सीमान्त अंकमै सीमित भएको छ। 

नेपालको धेरै उपभोग हुनेमध्येको मुख्य चाड दसैँको मुखमै राजस्व संकलनमा उत्साहन देखिएको छैन। पछिल्ला तीन वर्षदेखि उपभोग बढ्न नसक्दा राजस्व संकलन संकुचित हुँदै आएको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १३ प्रतिशतकोमात्र वृद्धिदर देखिएको छ। दसैँको मुख्यमा हुने उपभोगको प्रभाव राजस्वमा देखिन सकेन। 

असोज मसान्तसम्म सरकारले कुल राजस्व २ खर्ब ४८ अर्ब संकलन गरेको छ। गत वर्षको यही अवधिमा २ खर्ब १९ अर्ब संकलन भएको थियो। त्यस्तै कुल आम्दानीमा पनि उल्लेख्य प्रगति देखिएको छैन। 

तीन महिनामै सरकारी आम्दानी र खर्चबीचको खाडल उच्च देखिएको छ। राजस्व बाँडफाँटअघिको कुल आम्दानी नै २ खर्ब ५३ अर्ब गरेको सरकारले यही अवधिमा खर्च भने ३ खर्ब २९ अर्ब गरेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend