मंगलबार, चैत १९ गते २०८१    
मंगलबार, चैत १९ २०८१
images
images

एलन मस्कको मागअनुसार नै बोलकबोलबिनै स्पेक्ट्रम दिन भारत तयार, स्टारलिंकलाई बाटो खुला

images
बिहीबार , कात्तिक १ २०८१
images
images
एलन मस्कको मागअनुसार नै बोलकबोलबिनै स्पेक्ट्रम दिन भारत तयार, स्टारलिंकलाई बाटो खुला

स्टारलिंकको अनुकूलता माग अनुसार दिन नदिनका लागि भारतीय उद्योगपतिहरू भने निरन्तर लागेका थिए। मुकेस अम्बानी र सुनिल भारति मित्तलले स्याटकमको स्पेक्ट्रम प्रतिस्पर्धाबाटै दिनुपर्ने माग गर्दै आएका थिए।

images
images

काठमाडौं- स्वदेशी कर्पोरेट जायन्टको निरन्तरको दबाब र विरोधका बाबजुद बोलकबोल बिनै स्याटेलाइट कम्युनिकेसन(स्याटकम)को स्पेक्ट्रम दिन भारत सरकार तयार भएपछि एलन मस्कको कम्पनी स्टारलिंकलाई भारतमा सेवा दिने बाटो खुलेको छ। 

images
images

स्याटकम स्पेक्ट्रमका विषयमा लामो समयदेखि रस्साकस्सी चलेको थियो। यही कारण स्टारलिंकको सेवा भारतमा ढिला भएको थियो। स्टारलिंकले बोलकबोलबाट नलिने घोषणा एलन मस्कले गरेका थिए। उनले प्रशासनिक निर्णयका आधारमा दिनुपर्ने तर्क गरेका थिए। 

images
images

स्टारलिंकको अनुकूलता माग अनुसार दिन नदिनका लागि भारतीय उद्योगपतिहरू भने निरन्तर लागेका थिए। मुकेस अम्बानी र सुनिल भारति मित्तलले स्याटकमको स्पेक्ट्रम प्रतिस्पर्धाबाटै दिनुपर्ने माग गर्दै आएका थिए। 

images
images

सरकारमाथि निरन्तर दबाब बनाएपछि मस्कले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गरेका थिए। यो कर्पोरेट रस्साकस्सीकाबीच अन्तत: भारत सरकारले प्रशासनिक निर्णयकै आधारमा स्पेक्ट्रम दिने निर्णय गरेको हो। 

स्याटेलाइट ब्रोडब्यान्ड सेवाका लागि वितरण हुने स्पेक्ट्रमको मूल्य भने तय भएको छैन। 

स्टारलिंकले नेपालमा पनि सेवा दिन खोजेको छ। स्टारलिंकले आफ्नो वेबसाइटमा नेपाललाई सम्भावित सेवा सुरु हुने देशको सूचीमा सामेल गरेको छ। नेपाल आएर कम्पनीले छलफल गरेपनि कानूनी अड्चनका कारण रोकिएको छ। 

नेपालको नियम अनुसार २० प्रतिशत स्वामित्व स्थानीय हुनुपर्ने छ तर स्टारलिंकले कसैलाई पनि सेयर नदिने नीति लिएको छ। यही कारण नियममा लचिलो बनिदिन स्टारलिंकका प्रतिनिधिहरूले नेपाल सकारसँग पटकपटक आग्रह गरेका छन्। 

स्याटेलाइट ब्रोडब्यान्ड सेवाका लागि ‘ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाई स्याटेलाइट सर्भिस’ लाइसेन्स लिनुपर्छ। भारतमा यस्तो लाइसेन्स यसअघि नै दुई कम्पनीले पाइसेका छन्। भारतमा एयरटेल र जियोले यस्तो लाइसेन्स यसअघि नै पाइसकेका छन्। 

स्पेस एक्सको सहायक कम्पनी स्टारलिंक भातरमा यस्तो लाइसेन्स लिने तेस्रो कम्पनी हुने छ। 

अन्तरिक्षमा अहिलेसम्म २ हजार ७ सय स्याटेलाइट रहेका छन्। यसलाई स्टारलिंकले १२ हजार पुर्‍याएर दुनियाँको सबै हिस्सामा इन्टरनेट सम्भव बनाउने लक्ष्य लिएको छ। 

न्यून लेटेन्सी र उच्च गतिको इन्टरनेट पृथ्वीको सबै भूभागमा पुर्याउने लक्ष्य लिएको स्टारलिंकले अहिले भने १५० एमबीपीएसको गति दिएको दाबी गरेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend