बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

शिवम् होल्डिङग्सले पारित गर्‍यो ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
शिवम् होल्डिङग्सले पारित गर्‍यो ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

शिवम् होल्डिङग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम सेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आव २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै कम्पनीको आ व २०८१/०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरूमाथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको शिवम होल्डिङ्ग्सले जनाएको छ।

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनीयाँ विदेशी लगानी समेतबाट स्थापना भइ पूर्ण क्षमतामा संचालनमा रहेको होडशी शिवम् सिमेन्ट प्रालिको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ।

उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरू अगाडी बढाइएको छ।

त्यसैगरी शिवम् होल्डिङग्स लिमिटेडले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्वसाधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिइ प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दर्ता गराइसकेको छ।

नेपाल धितोपत्र बोर्डको स्वीक्ति प्राप्त भएपश्चात नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरूमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागिरहेको जनाइएको छ।


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend