बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

बिहीबार , कात्तिक १ २०८१
एक खर्ब तरलता खिच्दै राष्ट्र बैंक

कात्तिक १ गते ३ बजेसम्म जारी हुन लागेको उक्त निक्षेप संकलन उपकरण कात्तिक १४ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १३ दिनका लागि उक्त तरलता प्रशोचन गर्न लागेको हो।

कात्तिक १ गते ३ बजेसम्म जारी हुन लागेको उक्त निक्षेप संकलन उपकरण कात्तिक १४ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

हाल बैंकिङ प्रणालीमा करिब ८ खर्ब बढी रहेको छ। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.२८ प्रतिशत रहेको छ। यस्तै अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशत रहेको छ।

निक्षेप थपिने तर कर्जाको प्रवाह सोही अनुसार बढ्न नसक्दा राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्दै आएको छ। आर्थिक गतिविधिले लय नलिँदा मौद्रिक बजार पनि सुस्त भएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend