बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १२ प्रतिशत लाभांश पारित गरेको छ।

साथै उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ।

त्यसैगरि सभाले १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ। 

उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बिआरएस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। 

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

सेयरधनीले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य संचालन गरिएको तथा चालु आवमा पनि बैंकले सेयरधनीको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताए।


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend