मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
images
बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक
images
images

काभ्रेपलाञ्चोक- सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ। 

images
images
images

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो।

images
images

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल-भकुण्डेबेसी-वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो।

images
images

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौं भित्रिने सवारीसाधनको चाप बढेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend