बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

पर्याप्त विदेशी मुद्रा सञ्चितिसँगै राष्ट्र बैंकको डलर सहटीमा खुकुलो नीति, आयातकर्ता र पर्यटन क्षेत्रलाई राहत

बुधबार, असोज ३० २०८१
पर्याप्त विदेशी मुद्रा सञ्चितिसँगै राष्ट्र बैंकको डलर सहटीमा खुकुलो नीति, आयातकर्ता र पर्यटन क्षेत्रलाई राहत

राष्ट्र बैंकले बुधवार एकीकृत परिपत्र २०८० मा संशोधन गरी निर्देशन जारी गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सहटी र आयातका लागि खुकुलो नीति लिएको छ।  पर्याप्त विदेशी मुद्रा सञ्चिति भएपछि राष्ट्र बैंकले खुकुलो नीति लिएको हो।

१६ अर्ब ४ करोड डलर सञ्चिति पुगेको छ। प्रयाप्त विदेशी मुद्रा सञ्चिति भएसँगै आयातकर्तालगायत पार्टपूर्जा आयात तथा होटलहरुमा दिने सहटी सुविधामा खुकुलो नीति लिएको हो। 

राष्ट्र बैंकले बुधवार एकीकृत परिपत्र २०८० मा संशोधन गरी निर्देशन जारी गरेको छ। सामान आयात गर्नको लागि डकुमेन्टको आधारमा ४५ दिनभित्र सकल डकुमेन्ट पेश गर्ने र पेश नभएको खण्डमा १५ दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्थालाई ६० दिन र १५ दिन कायम गरेको छ।

त्यस्तै आयातकर्ताले ४५ दिनभित्र कपी डकुमेन्ट बुझाउनुपर्ने व्यवस्थालाई ६० दिन बनाएको छ। ९० दिनभित्र आयात गरिसक्नुपर्ने व्यवस्थालाई १ सय २० दिन बनाइएको छ।

हवाई जहाज, दूरसञ्चार र मेडिकल इक्विपमेन्ट पार्टपूर्जा आयातलाई १० हजार डलरसम्मको व्यवस्थालाई १ लाख अमेरिकी डलरको सुविधा दिइएको छ। स्वास्थ्य उपचारका लागि १० हजार डलरलाई बढाएर १५ हजार डलर बनाइएको छ। अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीलाई पनि १२ हजार डलरबाट २५ हजार डलर पुर्‍याइएको छ।

अष्टेलिया पढ्न जानेलाई पनि ५ सय डलरकाे सुविधा पाउने भएका छन्। अन्य देशका लागि भने पहिल्यै नै व्यवस्था रहेकाे थियाे। होटलहरुमा ग्राहकलाई ३ सय डलरसम्मको मात्रै सहटी सुविधा रहेकोमा बढाएर १ हजार डलर पुर्‍याइएको छ। 


प्रकाशित : बुधबार, असोज ३० २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend