काठमाडौं- कात्तिक १ देखि लागु हुनेगरी आधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। गतवर्षदेखि लगातार घटिरहेको बैंकको ब्याजदर यो वर्षको कात्तिकसम्म आउँदा पनि घट्ने क्रम जारी छ।
मुद्दती निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि एकवर्षको अवधिमा व्यापक घटेको छ। कर्जा विस्तार नभएपछि बैंकहरूले लगातार ब्याजदर घटाउँदै आएका छन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म आइपुग्दा एकवर्षको अवधिमा निक्षेपको ब्याजदर ३१ प्रतिशतले घटेको छ भने कर्जाको ब्याजदर २४ प्रतिशतले घटेको छ।
अहिले कात्तिक महिनामा पनि ११ बैंकले ब्याजदर घटाउँदा ९ बैंकले पनि स्थिर राखेका छन्। बैंकहरूले निकालेको सूचीअनुसार कात्तिकमा औसत ब्याजदर व्यक्तिगततर्फ ०.१८ प्रतिशत घटेर औसत ६ प्रतिशतमा झरेको छ। यस्तै संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा झरेको छ।
कात्तिक महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन्।
यता कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन्।
कृषि विकास बैंकले असोज महिनामा ६.०७२ व्याक्तिगततर्फ र ४.२५ प्रतिशत संस्थागततर्फ ब्याजदर कायम गरेकोमा कात्तिकमा घटाएर व्याक्तिगत तर्फ ५.७५६ र संस्थागत तर्फ ४.२५ प्रतिशत कायम गरेको छ।
एभरेष्ट बैंकले बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
नेपाल बैंकले पनि असोजकै ब्याजदर कायम गरेको छ। असोजमा बैंकले असोजमा व्यक्तिगततर्फ ५.९६ प्रतिशत र संस्थागत तर्फ ५.८५ प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
कुमारी बैंकले असोजमा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागत तर्फ ५.५० प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
राष्ट्रिय वाणिज्य बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। कात्तिकको लागि बैंकले व्यक्तिगततर्फ ५.८० र संस्थागततर्फ ५ प्रतिशत नै कायम गरेको छ।
नेपाल एसबीआई बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
लक्ष्मी सनराइज बैंकले असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागत तर्फ ५.५० प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत कायम गरेको छ।
ग्लोबल आइएमई बैंकले असोजमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
प्राइम बैंकले असोजमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४.५० प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
सानिमा बैंकले असोजमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागत तर्फ ५.१० प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
सिटिजन्स बैंकले असोजमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ।
प्रभु बैंकले असोजमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागत तर्फ ५.१० प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
माछापुछ्रे बैंकले असोजमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
एनएमबि बैंकले बैंकले असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागत तर्फ ५.५० प्रतिशत तोकेको कात्तिकमा पनि सोहीदर स्थिर राखेको छ।
स्ट्याण्डर्ड बैंकले असोजमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेको छ।
हिमालयन बैंकले असोजमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागत तर्फ ५.५० प्रतिशत तोकेको कात्तिकमा संस्थागततर्फ मात्रै घटाएको छ। बैंकले व्यक्तिगतफर्त स्थिर राखेर संस्थातर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ।
सिद्धार्थ बैंकले असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागत तर्फ ५.५० प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगतफर्त ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ।
एनआइसी एसिया बैंकले असोजमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागत तर्फ ६.१८ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगतर्फ ६.९९ प्रतिशत र संस्थागतर्फ ५.९९ प्रतिशत कायम गरेको छ।
नबिल बैंकले असोजमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागत तर्फ ५.७५ प्रतिशत तोकेको कात्तिकमा घटाएको छ। बैंकले व्यक्तिगतर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत कायम गरेको छ। पनि सोहीदर स्थिर राखेको छ।