बुधबार, कात्तिक ७ गते २०८१    
images
images

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
images
images
सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए।

images
images

सुनसरी- हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका-३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो। वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्योभने ओढ्नेओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म अख्रन पाएनन्। विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उनले सुनाइन्। 

images
images
images

सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो। सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उनी क्रुद्ध छिन्।

स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुन्। नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन्। 

images

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए।

images

बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका-७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे। पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ। 

यसैबीच बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका-३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए। साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताए। 

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए। 

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend