काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार ९२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँ घटेर ९२ हजार ४ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।